अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ: योगेश भट्टराई

मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ: योगेश भट्टराई


काठमाडौँ-नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ।

बिहीबार नेकपा(एमाले) मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनु भएको हो। उहाँले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताउनु भयो। 

सचिव भट्टराईले मधेसी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेस सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताउनु भयो। उहाँले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।

एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ। आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ।