अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको कोशी प्रदेश अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन

एमालेको कोशी प्रदेश अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन


विराटनगर-नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ।

शुक्रबार ११ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी साढे १ बजेदेखि सुरु भएको हो।

अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली विराटनगर आइसक्नु भएको छ। उहाँले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपा एमाले कोशी प्रदेशको उदघाटन स्थलमा अहिले विभिन्न सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । कार्यक्रम स्थलमा कोशी प्रदेशका सांस्कृतिक तथा विभिन्न जातिको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ ।

कार्यक्रमामा सङ्गीनी नृत्य, नेवारी नाछ धिमाल नाच देखाइएको छ । यसैगरी, अतिथिलाई स्वागत गर्न च्याब्रुङ नाचदेखि अन्य सांस्कृतिक झाँकी समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै, कार्यक्रम स्थललाई ध्वजा पतकाले सिङारिएको छ।

विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन्।