अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिचानका नाममा एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ: शंकर पोखरेल

पहिचानका नाममा एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ: शंकर पोखरेल


विराटनगर-नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षडयन्त्र भइरहेको बताउनु भएको छ।

एमाले कोशेर प्रदेशको उद्घाटनमा कार्यक्रमामा बोल्दै उहाँले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ।’

महासचिव पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गर्नुभयो।उहाँले अहिले क्षेत्रीय दलका नाममा जातजाति बीचमा बिभाजन गर्न खोजिएको बताउनुभयो।

‘अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको छ’ उहाँले भन्नभयो, ‘अतिवाद निम्त्याएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ। एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्दै सबै जात जाती र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो।’