अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न वरिष्ठ उपाध्यक्ष पोखरेलको निर्देशन

कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न वरिष्ठ उपाध्यक्ष पोखरेलको निर्देशन


विराटनगर-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ। शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता पोखरेलले सहमतिको प्रयास गरेर नेतृत्व चयन गर्न सुझाव दिनुभएको हो ।

एमालेलाई कमजोर बनाउन अहिले चौतर्फी घेराबन्दी भइरहेको बताउँदै उहाँले कोशी प्रदेशबाट एकताको सन्देश दिन पार्टीका कार्यकर्तालाई सुझाव दिनुभयो। उहाँले भन्नुभयो, ‘सहमतिका साथ नेतृत्व चयन हुनुुपर्छ। पार्टीलाई बचाउन त्याग गर्नुपर्छ।’

उहाँले एमाले मिसन २०८४ मा लागेकाले सहमतिमा नेतृत्व चयन नभए मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो। उहाँले प्यानल बनाएर निर्वाचनमा गए नेतृत्वले नसहने बताउनु भयो ।

अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर लागे हिजोको दिनमा योगदान गरेको थियो भन्ने बिर्सने बताउनुभयो । उहाँले पार्टी भित्रको सङठानात्मक अराजकता हटाउनु पर्ने बताउनुभयो । उहाँले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रुपमा आएको बताउनुभयो।