अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न अध्यक्ष ओलीकाे निर्देशन

कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न अध्यक्ष ओलीकाे निर्देशन


विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्माी ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न निर्देशन दिनु भएको छ।

शुक्रबार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिनुभएको हाे ।

समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको भन्दै उहाँले अहिलेको आवश्वयकता एकता भएको बताउनु भयो ।

एमाले मिसन २०८४ अभियानलाई अर्थपूर्ण वर्षका रूपमा मनाउने कार्यमा जुटेको बताउँदै उहाँले अरूले फैलाएको भ्रमका पछि नपर्न र के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट हुन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

अहिले एमालेविरुद्ध मिडियाहरु योजनाबद्ध ढंगले लागेको आरोप लगउनु भयो । उहाँले भन्नुभयो, ‘हामीलाई अहिले कसै गर्दा पनि धर छैन्, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचारहरु आउँछ । चुनाव भएन भने एमालेमा निरंकुस भयो भन्छन्।’

उहाँले नेतृत्वको मूल्याकंन के छ त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाव दिनुभयो । समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीको सुझाव छ।