अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ एमाले कर्णाली अधिवेशनको निर्वाचन क्लष्टर

यस्तो छ एमाले कर्णाली अधिवेशनको निर्वाचन क्लष्टर


सुर्खेत-नेकपा एमाले कर्णालीको प्रदेश अधिवेशनले निर्वाचित गर्ने पदाधिकारी र सदस्यहरुको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ।

शुक्रबार २४ प्रदेश निर्वाचन क्लष्टरमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ जना गरेर ५ पदाधिकारी र १२५ सदस्यको क्लष्टर तय गरेको हो । १३५ सदस्यीय प्रदेश कमिटिमा ५ सदस्यको सीट जगेडा राखिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको क्लष्टरमा २ पुरुष १ महिला गरेर ७२, दलित ९ पुरुष ६ महिला गरेर १५ जना तोकिएको छ। यस्तै १५ दलितमा ४० वर्षमुनिका ३ पुरुष १ महिला तोकिएको छ।

यस्तै, जनजातितर्फ ५ पुरुष ३ महिला गरेर ८ जना जसमा ४० वर्षमुनिका १ पुरुष १ महिला तोकिएको छ। खुल्लामा १९ पुरुष १० महिला गरी २९ जनामा ४० वर्ष मुनिका ४ पुरुष २ महिला ताकिएको छ । एमाले कर्णालीले अल्पसंख्यक तर्फ १ जना सदस्य गरेर १३० जनाको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ।

यसैगरी जनजातीतर्फ ५ पुरुष ३ महिला गरेर ८ जना जसमा ४० वर्षमुनीका १ पुरुष १ महिला तोकिएको छ। खुल्लामा १९ पुरुष १० महिला गरी २९ जनामा ४० वर्ष मुनिका ४ पुरनष २ महिला ताकिएको छ।

एमाले कर्णालीले अल्पसंख्यकतर्फ १ जना सदस्य गरेर १३० जनाको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ। एमाले कर्णालीमा अध्यक्षमा पोलिटब्यूरो सदस्य गुलावजंग शाह र मीनबहादुर शाही अध्यक्षको दावेदार हुनुहुन्छ।