अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता

एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ।  शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

असोज १० बाट सुरु भएको अधिवेशनका लागि शनिबार मतदान हुँदैछ। 

निर्वाचन अधिकृत अधिवक्ता रामबाबु विसीले दिएको जानकारीअनुसार गुलाबजंग शाह, मिन बहादुर शाही, राज बहादुर शाही, प्रेम बहादुर सिंह र प्रकाश रोकायले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । साह सल्यान, राजबहादुर दैलेख र अरू तीन जना कालिकोटका हुन् ।

एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी रहेको छ । नयाँ नेतृत्वमा सर्वसम्मति नभएपछि निर्वाचन हुन लागेको हो । एमाले कर्णाली अधिवेशनले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।  

उहाँका अनुसार उमेद्वारको अन्तिम नामावली आजै राति हुनेछ भने मतदान भोलि हुनेछ। पाँच पदाधिकारी र १३० सदस्यगरी १३५ सदस्कयीय मिटि चयन हुनेछ।