अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशनःरघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन

एमाले कोशी प्रदेश अधिवेशनःरघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन


विराटनगर-नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्र सुरु भएको छ। साँझ ६ बजेबाट सुरु गर्ने तयारी भएपनि केही समय ढिला गरी बन्द सत्र सुरु भएको हो।

बन्द सत्र सञ्चालन गर्नका लागि एमालेका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन भएको छ। महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन भएको हो। सदस्यमा एमाले स्थायी कमिटी सदस्यहरु शेरधन राई, हिक्मतकुमार कार्की, अग्नी खरेल, डा. शिवमाया तुम्वाहाम्फे, राजेन्द्र गौतम रहेका छन्। त्यसैगरी भगवती चौधरी, जगदिस कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल अध्यक्षमण्डलको सदस्य छन्।

एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्धाटन गर्नुभएको थियो।

एमाले काेशी प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार मानिएका छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने नेताहरु बताउँछन्।