अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

नेकपा एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित


काठमाडौं -नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश प्रसाद ढुंगेल निर्वाचित हुनु भएको छ ।
गएराती भएको मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६सय ९६ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिवन्दी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गर्नुभएको निर्वाचन समितीले जनाएको छ । पार्टी केन्द्रीय सदस्य ढुंगेल बागमती प्रदेशका पूर्व अर्थमन्त्री हुनुहुन्छ । हाल उहाँ भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
यसैगरी उपाधक्ष्यमा ढुंगेलकै टिमका दावा दोर्जे लामा विजयी हुनुभयो । उहाँले ६ सय १५ मत प्राप्त गर्नुभएको छ । सचिवमा दाहालको टिमबाट उम्मेद्वार बन्नुभएका नवराज सिलवाल एक मतले विजयी हुनुभएको छ । उहाँले ५ सय ६८ मत मत प्राप्त गर्नुभयो । उहाँका प्रतिवन्दी ढुंगेल टिमका हस्त पण्डितले ५ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
उपसचिवमा प्रेम कुमार महर्जन ५९९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिवन्दी भक्त कुमारी लामाले ५३६ मत प्राप्त गर्नुभएको छ ।