अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपुरमा नेकपा एसको जिल्ला कमिटीको सामुहिक राजिनामा

नवलपुरमा नेकपा एसको जिल्ला कमिटीको सामुहिक राजिनामा


नवलपुर- नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी नवरपुरका अध्यक्ष झविलाल रानासहितको सिंगो टिमले पार्टी परित्याग घोषणा गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष रानासहितका ३१ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी पे्रस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुलीले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला सदस्य ऋषिराम डुम्रे, मनरखा झेंडी, राजु चापागाई, धनलाल भुसाल, सिता अधिकारी पराजुली, होमकुमारी पोख्रेल, सुन्दरजंग कुँवर र सूर्यप्रसाद कँडेल पनि पार्टी परित्याग गर्ने सूचीमा छन् ।

पार्टी परित्याग गर्नेमा जिल्ला सदस्य मनबहादुर सारु, दधिराम पाण्डे, ईन्द्र चापागाई, पूणर्बहादुर सोती, मोहनराज घिमिरे, प्रेमकुमारी शर्मा, नमकान्त भुसाल, लिला सुनार, अर्जुन विक र विजय भण्डारी पनि छन् ।

विभिन्न कमिटी र जनवर्गिय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले असोज ५ गतेका दिन पार्टीको केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीमा गराइएको ध्यानाकर्षणका सम्बन्धमा कुनै सुनुवाई, छलफल, निणर्य समेत नभएको हुँदा पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको भन्दै उनीहरु पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

‘आजका मितिदेखि कम्युनिष्ट विचारधाराबाट भने विचलन नहुने प्रतिवद्धताका साथ हामी आवड पार्टी नेकपा एसको साधारण सदस्य समेत नरहने गरी सामुहिक रूपमा पार्टी परित्याग गरिएको घोषणा गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ । उनीहरु कुन पार्टीमा प्रवेश गर्ने भनेर विज्ञप्तीमा खुलाइएको छैन ।