काठमाडौं- सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । हिजो राति ८ बजे उनी होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
दैलेखका सलाम पुलामी झुण्डिएको अवस्थामा मृत फेला परेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“घटना कसरी घटेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,” प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो, “होस्टेलका तीनजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।”
घटना शंकास्पद रहेको भन्दै आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया