अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी अधिवेशन : मतदान आज, अध्यक्षमा ढकाल र खतिवडा भिड्दै

एमाले कोशी अधिवेशन : मतदान आज, अध्यक्षमा ढकाल र खतिवडा भिड्दै


काठमाडौँ–नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोशी अधिवेशनमा नयाँ नेतृत्वका लागि आज बिहान ११ बजेदेखि मतदान सुरु हुने भएको हो । अध्यक्ष पदमा दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुन लागेको हो ।   

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित हुनेछन् ।

यसैबीच उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ र उपसचिवमा झापाकी जलवर्षा राजवंसी निर्विरोध निर्वाचित हुनुभएको छ ।