काठमाडौँ–पर्वतको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।
बेपत्ता यात्रुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप हिजो साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजना बेपत्ता भएका थिए।
प्रतिक्रिया