काठमाडौँ-चीनको हाङझाउ जारी एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।
आज विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोडेको हो ।
खेलमा रोहित पौडेल ५२ रनको योगदान दिए भने कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५ र विनोद भण्डारीले १३ रनको योगदान दिए ।
आजको खेलमा नेपालले जित निकाले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ।
प्रतिक्रिया