अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल हुने


काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । 

भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहितका नेताहरुको सहभागीता रहेको थियो । माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी हुनुहुन्थ्यो । 

एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजदेखि बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ । सोही विषयमा उहाँहरुबीच छलफल भएको बताइएको छ ।  

यसैबीच आज बिहान ११ बजे राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल हुनेभएको छ । छलफल  बालुवाटारमै हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।