अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेश भ्रमणबाट फर्केपछि सत्ता गठबन्धन भन्दा पहिला प्रमुख प्रतिपक्षीसँग प्रधानमन्त्रीको छलफल

विदेश भ्रमणबाट फर्केपछि सत्ता गठबन्धन भन्दा पहिला प्रमुख प्रतिपक्षीसँग प्रधानमन्त्रीको छलफल


काठमाडौं -अमेरिका र चीन् भ्रमणबाट फर्किएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार बोलाउनु भएको छ ।
बालकोट स्रोतका अनुसार प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई फोन गरेर भेट्न बोलाउनुभएको हो ।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र सचेकत महेश बर्तौला पनि प्रधानमन्त्री निवास बालुवाटार जानु भएको छ ।
सुन तस्करीको छानविन गर्न सरकारले उच्च स्तरीय छानविन समिती गठन गर्न आनाकानी गरेपछि एमालेले संसद अवरोधको तयारी गरेकोले त्यस विषयमा छलफल प्रधानमन्त्रीले बैठक आयोजना गरेको बालुवार स्रोतले जानकारी दिएको छ ।
विदेश भ्रमणबाट फर्केपछि सत्ता गठबन्धनका नेतासँग भन्दा पहिला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गर्नुभएको हो ।