अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता


काठमाडौं-सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिनुभएको हो ।

आइतबार (आज) बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भन्नुभयो, ‘चाडपर्वको मुखमा जनताले चर्को मुल्यबृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुलयबृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ।’

अब केहि समयमै नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने समेत  उहाँले बताउनुभयो ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।