अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र कोषाध्यक्षविरुद्ध मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र कोषाध्यक्षविरुद्ध मुद्दा दायर

एक करोड १७ लाख बिगो दाबी


काठमाडौंपशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष हाल सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोर किपर) अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

श्रेष्ठले स्टोरकिपर पदमा कार्यरत रही कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारीविपरीत जलहरीका लागि प्रयोग गरेको सुन हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ। 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ। 

उक्त काममा ढकाल र डा. थापाको प्रत्यक्ष भूमिका रहेको पुष्टि अनुसन्धानले गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्। 

अख्तियारले बिगोका रुपमा उनीहरुले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट मिति २०७७ माघ २९ गते खरिद गरेको ६४ केजी १६३.४०० ग्राम सुनको दररेटलाई कायम गरी त्यस दिनको प्रतिग्रामको ७ हजार ८४४.५० को दरले १४ सय ९१.७१८ ग्राम सुनको पर्न मूल्य एक करोड सत्र लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा हिनामिना गरेको ठहर गरेको छ।

उनीहरु दुवैजनाविद्ध एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देष गरे बमोजिम मुद्दा चलाइएको हो।