अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी अधिवेशन: उपाध्यक्षसहित ४९ जना निर्विरोध

एमाले कोशी अधिवेशन: उपाध्यक्षसहित ४९ जना निर्विरोध


विराटनगर-नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा एक उपाध्यक्षसहित ४९ जना निर्विरोध भएका छन्।

उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ।

१६६ पदका लागि साझ सात बजेबाट सुरु गर्ने तयारी रहेकाे उहाँले बताउनुभयो।

प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यसैगरी सचिवमा भने पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको छ। यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ।