अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी अधिवेशन: उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

एमाले कोशी अधिवेशन: उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


विराटनगरनेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले दाबी विरोधबाट हटेकाहरूलाई उम्मेदवारको सूचीबाट हटाएर अन्तिम नामावली प्रकाशन गरेको छ।

अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन्। त्यसैगरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको हो।

उपसचिवमा झापाकी जलबर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिष्पर्धा हुने तय भएको हो। सहमति नभएका पदाधिकारीसहित जिल्लागत रूपमा आकांक्षीहरू चुनावी मैदानमा उत्रिएका छन्।

२१५ सदस्यीय प्रदेश कमिटीका लागि जम्मा ४५० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ।

कोशी प्रदेशका १४ वटा जिल्लाहरू मध्ये भूगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएका छन् । बाँकी रहेका झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ जिल्लाका लागि भने चुनाव निश्चित भएको हो।

चुनाव हुने जिल्लाहरूमा कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिष्पर्धामा उत्रिएका हुन्।

उम्मेदवारहरूको अन्तिम नामावली अनुसार समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन्।

उम्मेदवारको अन्तिम नामावली