काठमाडौँ-नेपाल मगर सघं, उदयपुर-काठमाडौं सम्पर्क समितिले दुवै मृगौला पीडित डिकबहादुर मगरलाई आर्थिक सहयोग गरेको छ।
उदयपुरको ताप्ली गाउँपालिका-३ फुर्के निवासी डिकबहादुर मगरको उपचारका लागि सम्पर्क समितिको पहलमा आर्थिक संकलन गरी दुवै मृगौला पीडित मगरलाई रु.१८३५५ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
नेपाल मगर सघं, उदयपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष केशर बहादुर मगर, समितिका सल्लाहकार सुमन जर्घा मगर सहितको टोलीले काठमाडौंको बनस्थली कोठामै पुगेर मृगौला पीडित मगरलाई आर्थिक सहयोग गरिएको हो। आर्थिक सहयोग हस्तन्तरण गर्नका निम्ति उदयपुर-काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष भुवन मगर, सचिव गणेश मिरिङचिङ मगर, सूचना तथा सञ्चार विभागको संयोजक खड्गबहादुर मगर, कोषाध्यक्ष रोज मगर, सह-कोषाध्यक्ष सविन मगर, स्वास्थ्य विभागको संयोजक खिलबहादुर मगर (सन्दिप), सदस्य पदमबहादुर मगर (अनिस) लगायत सहभागी हुनुहुन्थ्यो।
कौशिला प्राविका प्रधानाध्यापकसमेत रहेका मृगौला पीडित मगरले उपचारको लागि आफ्नो आर्थिक अवस्थाले नपुगेपछि सहयोगको लागि सबैलाई आग्रह गर्नुभए सँगै सहयोग रकम जुटेको हो।
लामो समयदेखि अध्यापन गराइरहनु भएका ४७ वर्षिय मगरले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहनु भएको छ।
डिकबहादुर मगरको नाममा रहेको प्राइम बैंक ताप्ली शाखाको खाता नम्बर ०७७००१३८ps मा आर्थिक सहयोग गर्न सकिने छ।
प्रतिक्रिया