अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी अधिवेशन: अझै शुरु हुन सकेन मतगणना

एमाले कोशी अधिवेशन: अझै शुरु हुन सकेन मतगणना


विराटनगर-नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन। हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो।

मतदानपछि निर्वाचन कमिटी पदाधिकारी तथा उम्मेदवारहरु दिउँसो १ बजेपछि मतगणना गर्ने सहमति भएको थियो ।  तर, १ बजेसम्ममा पनि आवश्यक तयारी नभएको भन्दै मतगणनाका लागि समयसीमा ४ बजेलाई सारिएको छ। ‘आजै मतगणना सुरु हुन्छ,’ एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद  न्यौपानेले भन्नुभयो, ‘साथीहरु आउने क्रम जारी छ, मतगणनास्थलको व्यवस्थापन भइरहेको छ।’

अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो । कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेका थिए । मतदान प्रक्रियामा २० जना अनुपस्थित भएका थिए।

शुक्रबारदेखि विराटनगरमा जारी एमाले कोशीको प्रथम अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ। तर, उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिनदेखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।