अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अझै १० वर्ष केपी ओलीको विकल्प छैन: पृथ्वीसुब्बा गुरुङ

एमालेमा अझै १० वर्ष केपी ओलीको विकल्प छैन: पृथ्वीसुब्बा गुरुङ


नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताउनु भएको छ।

सोमबार नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई पोखरामा सम्बोधन गर्दै उपमहासचिव गुरुङले साे कुरा बताउनु भएको हाे।

उपमहासचिव गुरुङले भन्नुभयो, ‘कम्तीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प छैन। केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ। त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ ।’

उहाँले भन्नुभयो, ‘कुनै जंगलमा दुईवटा सिंह हुँदैन। कि हारेर बस्छ, कि हिजोजस्तो वामदेव र माधव नेपालजस्तो। कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन। ६७४३ वडामा एकैदिन अधिवेशन ग¥यौं। त्यही माधव नेपाल भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन हुँदैनथ्यो। यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो।’ 

उहाँले पार्टीमा एकता चाहिएको बताउँदै विभाजनले शक्ति प्राप्त हुन्छ भन्ने २०५४ सालमा कमरेड वामदेवले लगाएको कुरा फत्तुर रहेछ भन्ने पुष्टि भइसकेको जिकिर पनि गर्नुभयो ।