अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिनुभएको छ ।

पहिलो चरणमा १०० मत गनेर सकिएको छ। १०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन् अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् भने प्रकाश रोकायाले २ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६ मत प्राप्त गरेका छन् भने लालबहादुर महतारा ३३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार दानसिंह परिवार ११ मत पाएका छन् ।
यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५, रूद्रबहादुर शाहीले २७ मत पाएकन छन् ।

उपसचिव पदमा रवीन्द्रराज शर्माले ३८, रमेश वहादुर शाहीले ३१, पद्मा खड्का २३ र मेनका पछाईले १८ मत प्राप्त गरेका छन् ।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।