अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेशको मतगणना सुरू

एमाले कोशी प्रदेशको मतगणना सुरू


विराटनगर-नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना सुरू गरिएको छ। दिउँसो १ बजेदेखि मतगणना हुने भनिएता पनि ५ घण्टापछि गणना थालिएको हो ।

मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् । गणना स्थलमा प्रतिनिधि भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।

७ स्थानबाट मतगणना सुरू भएको छ। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।

शुक्रबारदेखि विराटनगरमा जारी एमाले कोशीको प्रथम अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ।  त्यसका लागि  ४ सय ५० जनाको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन्। सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिनदेखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।