काठमाडौँ–१९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औँ ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए ।
प्रतिक्रिया