काठमाडौँ–नेपालले भारतको दोस्रो विकेट लिएको छ ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली बलर सोमपाल कामीले भारतको दोस्रो विकेट लिएका हुन् ।
उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको स्कोरमा पेभेलियन फर्काए ।
सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११।४ ओभरमा एक सय ११ रन बनाएको छ ।







प्रतिक्रिया