अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य  

एसियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य  


काठमाडौँ–भारतले नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो । 

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी क्वार्टरफाइनलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनायो ।  

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।