काठमाडाैं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार गैरजिम्मेवार रहेकाे बताउनुभएकाे छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्वको गठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार कस्ता देखिएका छन्, मिल्न सक्नु, नसक्नु बेग्लै कुरा हो। सरकार चरम गैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी देखिएका छन्। चलिरहेका आयोजना रोकिएका छन्। काम सकेकालाई भुक्तानी दिइएको छैन।’
अध्यक्ष ओलीले मुलुकमा सुशासन नभएको पनि बताउनु भयो ।
एसिड आक्रमणकारीलाई कारबाही गर्न आफू प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएको स्मरण गर्दै ओलीले एसिड आक्रमणकारीलाई कडा कारबाहीको प्रबन्ध गरिएको बताउनु भयो।
‘एसिड आक्रमणमा परेकी मुस्कान खातुनको घाउ निको भएको छैन। चार वर्ष नहुँदै सरकारले एसिड आक्रमणकर्तालाई छाडिसक्यो,’ ओलीले भन्नुभयो, ‘अहिले उनी रोएर हिँडेकी छन्। पीडितलाई सरकारले उपचार दिन सकेको छैन।’
प्रतिक्रिया