काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकप एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाउनु भएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा उहाँले भ्रष्टाचारी, तस्कर र हत्याराहरुको संरक्षण गर्दै सुशासनको गफ नदिन पनि श्रेष्ठलाई आग्रह गर्नुभयो।
गृहमन्त्री श्रेष्ठले हेटौंडामा पुगेर आइतबार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएर लागेको बताउनु भएको थियो ।
सुन तस्करीबारेको आयोग बनाऊँ भन्दा गृहमन्त्री नै विरोधमा उत्रिएको आरोप ओलीले लगाउनु भयो।
प्रतिक्रिया