काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सुन तस्करी गर्नेलाई छोडेर सुनिल र अमेरसहरुलाई पक्राउ गर्नुपर्ने कारण के हो भनेर प्रश्न गर्नुभएको छ।
संसदमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल शर्माले २०४६ सालमा पास गरेको सर्टिफिकट छानविनका नाममा साँसदलाई पक्रिने गृहमन्त्रीको तरिका के हो भनेर गृहमन्त्रीलाई प्रश्न गर्नुभएको छ।
उहाँले छानविन गर्ने त्यसको निकाय हुन्छ भन्दै अध्यक्ष ओलीले सुनिलले संसदमा बोले बापत गृहमन्त्रीले तर्साएको बताउनुभयो । उहाँले अमरेश कुमार सिंहको सम्पती छानविन गर्छु भनेर आतंकित पारेको बताउनुभयो। यी सबै कुरा संसदलाई आफ्नो नियन्त्रणमा राख्न चाहेको सरकारको चाहना देखिएको अध्यक्ष ओलीको भनाइ छ।
प्रतिक्रिया