अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेश सभा: सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेश सभा: सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित


धनगढी-सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

मंगलबार दिउँसो १ बजे बसेको दोस्रो प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

२०८० भदौ २६ गते नेम्वाङको निधन भएको थियो। सभामुख भीमबहादुर भण्डारी बैठकमा सभासमक्ष शोक प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियो।

‘विभिन्न समयमा भएका जन-आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका नेम्वाङको अप्रत्यासित निधनबाट मुलुकलाई अतुलनीय क्षति पुगेको छ, प्रदेश सभाको यो बैठक स्वर्गीय नेम्वाङको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ प्रस्तावमा भनिएको थियो। 

सभामा उपस्थित सबै सांसदहरूले हात उठाएर शोक प्रस्ताव पारित गरेका थिए।