अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षकका माग सम्बोधन नगरी शिक्षा ऐन संसदमा दर्ता गरियो: अध्यक्ष ओली

शिक्षकका माग सम्बोधन नगरी शिक्षा ऐन संसदमा दर्ता गरियो: अध्यक्ष ओली


काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शिक्षकसँग भएको सम्झौता लागू नगर्ने षडयन्त्र गरेको बताउनुभएको छ।
संसदलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले शिक्षकसँग भएका सम्झौतालाई शिक्षा ऐनमा समावेश गरेर संसदमा दर्ता गराउनु पर्नेमा पुरानै ऐन संसदमा टेबल गरेको बताउनुभएको छ।

उहाँले भन्नुभयाे, ‘त्यत्रो शिक्षकहरु समस्या लिएर काठमाडौंमा आए। उनीहरुसँग सरकारले माग पूरा गर्ने भनेर सम्झौता गर्यो तर शिक्षा ऐनमा त्यसलाई समावेश गरिएको छैन। संसोधन प्रस्तावले मात्र सम्झौता भएका कुराहरु लागू नहुन सक्छन्। सरकारको यो चालाले सरकार शिक्षकसँग भएको सम्झौता लागु नगर्ने षडयन्त्र गरिरहेको छ।’