अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानी क्लबमाथि अल हिलालको जित

इरानी क्लबमाथि अल हिलालको जित


काठमाडौँ-एसियन च्याम्पियन्स लिग अन्तर्गत साउदी क्लब अल हिलालले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब नस्साजी मजान्दारनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक, नेइमार र सलेह अलशेहरिले एक एक गोल गरेका थिए । यस खेलमा अल हिलाल र नस्साजीका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलको ३८औँ मिनेटमा नस्साजीका अमिर मोहमद र अल हिलालका सलमान अल फराजले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।

यस सिजनको एशियन च्याम्पियन्स लिगको पहिलो खेल बराबरी खेलेको अल हिलालले दोस्रो खेलमा जित हासिल गरेसँगै २ खेलमा ४ अंक हासिल गरेको छ ।

त्यस्तै नस्साजीको भने २ खेलमा ३ अंक रहेको छ ।