अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने 

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने 


काठमाडौँ–१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कांस्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ ।

यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कांस्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कांस्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । भारत १५ स्वर्ण, २६ रजत र २८ कांस्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कांस्यसहित ५० पदकका साथ पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ । 

यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कांस्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कांस्यका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कांस्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कांस्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कांस्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ । 

महिला कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ । महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ । उक्त खेल इरानले जितेमा नेपालले कांस्य पदक पाउने सुनिश्चित हुने छ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्ने छ । 

नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा इरान र बङ्गलादेश समेत छन् । हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन् । नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । तर अर्को खेलमा नेपाल इरानसित पराजित भएको थियो ।