अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा शपथ ग्रहण (फोटोफिचर)

एमाले कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा शपथ ग्रहण (फोटोफिचर)


विराटनगरनेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका पदाधिकारीलाई सपथ ग्रहण गराउन आउनु भएको थियो। उहाँले एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। 

अध्यक्ष ओलीले नवनिर्वाचितहरूलाई शुभकामना गर्दै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उहाँले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो।

एमाले कोशीको अधिवेशन उद्घाटन अध्यक्ष ओलीले असोज १२ गते गर्नुभएको थियो। अधिवेशनले उपाध्यक्षमा टिकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलवर्षा राजवंशीलाई सहित २१५ सदस्यीय समिती निर्वाचित गरेको छ।

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो।