अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाहेक कुनै पार्टीले देशलाई विकासको बाटोमा अघि बढाउन सक्दैन: अध्यक्ष ओली

एमालेबाहेक कुनै पार्टीले देशलाई विकासको बाटोमा अघि बढाउन सक्दैन: अध्यक्ष ओली


विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताउनु भएको छ।

विराटनगरमा आज आयोजित एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गर्नुभयो। उहाँले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउँदै त्यसका लागि मिसन २०८४ अनुसार जित्न आवश्यक भएको बताउनुभयो।

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले दाबी गर्नुभयो। अध्यक्ष ओलीले भन्नभयो, ‘यथार्थ के हो भने–एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लड्ने र देशका निम्ति मरिमेटिने अर्को पार्टी छैन। कसैसँग यस्तो विचार छैनन् । एमाले बाहेक कसैले समृद्ध नेपाल: सुखी नेपाली भनेको सुन्नु भएको छ ? कसैले भन्दैनन् । राष्ट्रियताको कुरा अरू कसैले भन्नेको सुन्नु भएको छ ?’

अध्यक्ष ओलीले नवनिर्वाचितहरूलाई शुभकामना गर्दै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उहाँले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो।

उहाँलेले पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले काँग्रेसको पाउमा पुगेको बताउनु भयो।