अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिदेव क्याम्पसमा राजनीति नभित्र्याउन मन्त्री एकराज कार्कीकाे आग्रह

त्रिदेव क्याम्पसमा राजनीति नभित्र्याउन मन्त्री एकराज कार्कीकाे आग्रह

त्रिदेव क्याम्पसको १६औं स्थापना दिवस


चाराली-कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकराज कार्कीले क्याम्पसमा राजनीति पस्यो भने त्यो क्याम्पस धरासायी अवस्थामा पुग्ने बताउनु भएको छ।

झापाको चारआलीस्थित त्रिदेव पब्लिक क्याम्पसको १६औं स्थापना कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताउनु भएको हाे।

क्याम्पसलमा पसेर राजनीति गर्न प्राध्यापकहरुलाई सुझाउँदै उहाँले भन्नुभयो, ‘गुणस्तरीय शिक्षा दिए विद्यार्थी अभाव हुँदैन, विद्यार्थीले राजनीति गर्छन्, तर, शिक्षक र अभिभावकले क्याम्पसमा राजनीति नगर्न आग्रह गर्छु, स्कूल क्याम्पसमा राजनीति पस्यो भने संकट उत्पन्न हुन्छ।’

एमाले, कांग्रेस, माओवादी, राप्रपा सबैमिलेर गरिएको कोशी प्रदेशको नामाकरणका बारेमा एमाले सत्तामा गएपछि पहिचानबादीको झण्डा उठ्ने गरेको उल्लेख गर्दै आफूलाई उदेक लागेको बताउनु भयो।

त्यस्तै क्याम्पसका संस्थापक अध्यक्ष हरिचरण बानियाले क्याम्पसमा राजनीति प्रवेश नगराउन सुझाव दिनुहुँदै भन्नुभयो, ‘राजनीतिमा गए क्याम्पस ध्वस्त हुन्छ।’ उहाँले अत्यन्तै दुःखले क्याम्पसको स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै सडकमा राजनीति सुझाव दिंदै क्याम्पस प्रवेश गरेपछि विद्यार्थीको पढाईमा केन्द्रीत हुन आग्रह गर्नुभयो। क्याम्पसमा राजनीति भए त्यसको अस्तित्व नै सकिने त्रिदेव क्याम्पसमा आयोजित कार्यक्रमका सहभागी वक्ताले बताएका थिए।

त्रिदेव पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति सावित्रा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक संघका संस्थापक विजय दाहालले क्याम्पस शुरु गर्दाको अवस्थाबारे जानकारी गराउनु भयो।

क्याम्पसका संस्थापक सञ्चालक समिति तथा संस्थापक प्राध्यापकहरुलाई सम्मान गरिएको कार्यक्रममा एक नृत्य प्रतियोगिता समेत सम्पन्न भएको थियो।

कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघकी केन्द्रीय कोषाध्यक्ष राधिका ओझा, त्रिदेव क्याम्पस प्रमुख माधव प्याकुरेल, त्रिदेव क्याम्पस स्ववियु सभापति अर्जुन गौतम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमकी अध्यक्ष भट्टराईले प्रकाश पार्दै अग्रजको योगदानको कदर गर्दै भावी पुस्तालाई सम्मान संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो।

सोही अवसरमा आयोजित एकल नृत्य प्रतियोगितामा अम्बिका श्रेष्ठ प्रथम, सुस्मिता कार्की द्वितीय, स्मृति राई तृतीय र विपना दर्जी सान्त्वना भएका थिए । प्रतियोगिताको क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक प्राध्यापक मातृका पोखरेल र सोनिया कट्वालले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्राध्यापक संघकी सदस्य तारा सेढाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका सचिव विवेक उप्रेतीले गर्नुभएको थियो।
२०६४ सालमा स्थापित क्याम्पसले क्युएए प्रमाणपत्रको मान्यता प्राप्त गरेको छ। क्युएए मान्यता प्राप्त गरेसंगै त्रिदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीको प्रमाणपत्रले पनि अन्तराष्ट्रिय रुपमा मान्यता पाउने बाटो खुलेको हो।