अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकदिवसीय विश्वकपको १३औँ संस्करण आजदेखि सुरु हुँदै 

एकदिवसीय विश्वकपको १३औँ संस्करण आजदेखि सुरु हुँदै 

पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै


काठमाडौँ–आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ । 

प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् । 

प्रतियोगिताको पहिलो खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशालामा हुनेछ । आजको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।