अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी अधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एमाले गण्डकी अधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी


पोखरा-नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।

बिहान ११:५५ बजेबाट मतदान सुरू भएको हो। साँझ ५:३० बजेसम्म मतदान जारी रहनेछ। मतदानका लागि ३३ वटा भोटिङ मेसिन प्रयोग गरिएको छ। अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ।

तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। गण्डकी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन्।

मतदानमा कुल ९०७ जनाले भाग लिनेछन् । मतपरिणाम आजै सार्वजनिक हुने बताइएको छ।