अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी अधिवेशन: ५ सय मत खस्यो

एमाले गण्डकी अधिवेशन: ५ सय मत खस्यो


पोखरा-नेकपा एमाले गण्डकीको अधिवेशन अन्तर्गत अहिलेसम्म ५ सय मत खसेको छ। ९०७ मतदाता रहेकोमा मतदान सुरु भएको करिब साढे ४ घण्टामा ५ सय मात्रै मत खसेको निर्वाचन संयोजक सुरेन्द्र थापामगरले जानकारी दिनुभयो। मतदानमा ३३ वटा भोटिङ मेसिन प्रयोग भएको छ। 

एक जनाले मतदान सक्न ३५ मिनेटसम्मको समय लाग्ने थापाको भनाई छ। मतदानका लागि साढे ५ बजेसम्मको समय दिइएको छ। तोकिएको समयभित्र मतदान नसकिने लगभग निश्चित छ। मतदान सकिएको साढे २ घण्टामा सबै नतिजा आइसक्ने थापाले बताउनुभयो।

गण्डकी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन्।उहाँहरू दुवै प्यानलसहित मैदानमा उत्रिनुभएको हो।

अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, महिला उपसचिवमा मीना गुरुङ र अर्को उपसचिवमा  सन्तोष रावल हुनुहुन्छ।

शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, महिला उपसचिवमा मञ्जु अधिकारी र अर्को उपसचिवमा दामबहादुर विक हुनुहुन्छ।