अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग विरोधीले लड्न सकेनन्: अध्यक्ष ओली

एमालेसँग विरोधीले लड्न सकेनन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताउनु भएकाे छ।

बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

 उहाँले आफूले बुधबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भत्भति पोलिरहेको बताउनु भयो। उहाँले एमालेको विरोध गर्न गिरिबन्धु टी स्टेट भनेपनि गिरिबन्धु टी स्टेटको छानबिन गर्न चुनौती दिनुभयो। 

उहाँले भन्नुभयो, ‘हाम्रा विरोधीहरु हामीसँग लड्न सकिरहेका छैनन्। हिजो मैले पार्‌ल्यामेन्टमा अलिकति बोलेँ। त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपि नसक्नु भयो। के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो। तर भन्ने के भन्दा गिरबीबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा। खोल न त फाइल, खोल जेल जाउ, मैले भनिरहेको छु त। आफैँ खोल, आफैँ जाउ।’

अध्यक्ष ओलीले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गर्नुभयो। उहाँले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताउनु भयो।