अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोली लागेर घाइते भएकी असईकी श्रीमतीको मृत्यु  

गोली लागेर घाइते भएकी असईकी श्रीमतीको मृत्यु  


काठमाडौँ–गोली लागेर घाइते भएकी नेपाल प्रहरीका सहायक निरीक्षक (असई)की श्रीमतीको मृत्यु भएको छ ।

असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

शर्मिला केही दिनअघि आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।  

शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।  लक्ष्मण र शर्मिलाको बीचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।