अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र लिङ्देनले संसदमा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेपछि माओवादी सांसदको आपत्ति

राजेन्द्र लिङ्देनले संसदमा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेपछि माओवादी सांसदको आपत्ति


 काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेपछि माओवादी सांसदले आपत्ति जनाउनु भएको छ।

शुक्रबारको बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादी सांसद लेखनाथ दाहालले आपत्ति जनाउँदै लिङ्देनले बोलेको रेकर्ड संसदबाट हटाउन माग गर्नुभएको छ।

धारणा राख्ने क्रममा लिङ्देनले ‘नेताहरुले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेको बताउनु भयो। उनीहरुलाई निगरानी गर्न भन्नुभयो। राजा ज्ञानेन्द्रले पनि लोकतन्त्र गतिविधि गर्न पाउनुहुन्छ। राजावादीहरूको त्यस्तो के गतिविधि रहेछ, जसले धार्मिक सद्भाव बिथोल्यो ? राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको रहेछ ? त्यसबारे हामीले जानकारी पाउनु पर्छ,’ भन्नभएको थियो ।

लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादी सांसद दाहालले आपत्ति जनाउँदै भन्नुभयो, ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा। यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु।’