अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविमा नेविसंघले प्राध्यापकको अन्तर्वार्ता रोकेपछि महेश बर्तौलाको आपत्ति

त्रिविमा नेविसंघले प्राध्यापकको अन्तर्वार्ता रोकेपछि महेश बर्तौलाको आपत्ति


काठमाडौँ-नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता चलिरहेको बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले अवरोध गरेकोमा आपत्ति जनाउनु भएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले त्रिभूवन विश्वविद्यालयमा ३ वर्षदेखि प्राध्यापकहरुको वृत्ति विकास रोकिएको बताउँदै  त्रिवि सेवा आयोगले असोज १४ गतेदेखि प्राध्यापक र सहप्राध्यापकका लागि अन्तर्वार्ता आह्वान गरेको बताउनुभयो।

विभिन्न संकायहरुको अन्तर्वार्ता सकिँदै गएको बेला आज समाजशास्त्र र हिन्दी विषयको अन्तरवार्ता नेविसंघले अवरोध गरेका बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्यो र आदेश गर्यो र यो अन्तर्वार्ता लिन पाँइदैन। खबरदार अन्तर्वार्ता लनिका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरुलाई गेटबाटै रोकिन्छ। यसप्रकारको फरमान जारी गर्यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेस निकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ।’