अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१७ वर्षीया किशोरीलाई हप्ता दिनसम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१७ वर्षीया किशोरीलाई हप्ता दिनसम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ


झापा–खोटाङकी एक किशोरीलाई एक सातासम्म बलात्कार गरेर फरार भएका युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

झापाको बाह्रदर्शी गाउँपालिका २ का २० वर्षीय अजय शर्मा खत्वेलाई प्रहरीले बिहीबार दिउँसो घरबाटै पक्राउ गरेको हो। 

उनले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ मा असोज १० देखि १७ गतेसम्म १७ वर्षीया एक किशोरीलाई नियन्त्रणमा राखेर जबरजस्ती करणी आरोप छ। 

किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।