अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग अन्य पार्टीको तुलना गर्न मिल्दैन: अध्यक्ष ओली

एमालेसँग अन्य पार्टीको तुलना गर्न मिल्दैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विचारमा आधारित पार्टी भएको बताउनु भएको छ।   

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै ओलीले एमाले यसै जम्मा भएको बजार नभएको प्रष्ट पार्नुभयो। एमाले जनआधारित कार्यकर्ता पार्टी भएको उहाँले बताउनुभयो। ‘जनआधारित तर कार्यकर्ता पार्टी’, उहाँले भन्नुभयो। 

जनताका कुरा सुनेर त्यसको आधारमा एमालले नीति बनाउने र त्यसमा एकताबद्ध हुने उहाँले प्रष्ट पार्नुभयो। एमाले अनुशासनमा बाँधिएर चल्ने पार्टी भएको उहाँले बताउनुभयो । यो समाजलाई अझ सुन्दर बनाउनु पर्छ भनेर नेकपा एमाले हिँडेको उहाँले प्रष्ट पार्नुभयो । ज्ञान, व्यवहार र आर्थिक अवस्थालाई माथि लैजाने सोच एमालेको भएको उहाँले बताउनुभयो। 

सुन्दर समाज निर्माणको अभिभारा बोकेका एमाले कार्यकर्ताको व्यवहार, अनुशासन र आचरण उन्नत हुनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नभयो, ‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन। एमालेसँग मात्रै गन्तव्य छ। अरू कुनै पार्टीसँग छैन।’

एमाले नयाँ समाज निर्माणको लागि अघि बढेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । अरू पार्टी व्यक्तिका स्वार्थ हुन्छ भनेर हिँडेका र एमाले व्यक्तिको स्वार्थ भन्दा समूह र देशको हित ठुलो हो भनेर लागेको उहाँले प्रष्ट पार्नुभयो । ‘व्यक्ति भन्दा ठुलो कुरा देश हो, निजी हित भन्दा सामूहिक हित ठुलो हो, सामूहिक हित भन्दा पनि देशको हित ठुलो कुरो हो’, उहाँले भन्नुभयो।