अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

द्रव्य शाहको तरिकाका षडयन्त्रहरू सफल हुँदैनन्: अध्यक्ष ओली

द्रव्य शाहको तरिकाका षडयन्त्रहरू सफल हुँदैनन्: अध्यक्ष ओली

प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुस्


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताउनु भएको छ।  

काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरुले एमालेमाथि षड्यन्त्र गरिरहे पनि ती षडयन्त्रलाई असफल पार्ने दाबी गर्नुभयो। 

‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ। द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन्’, ओलीले भन्नुभयो, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न हाम्रा साथीहरु पनि तयार हुनुपर्छ। त्यसका लागि कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनुस्।’

अध्यक्ष ओलीले एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै असन्तुष्टि जनाउनु भयो। उहाँले भन्नुभयो, ‘सबैले जित्ने होइन। नजित्नेको मन दुख्छ। त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन। किन मन दुखाउने ?’

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मुल्यांकन गरिरहेको भन्दै नेतृत्वको मुल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने बताउनु भयो।

ओलीले सामाजिक सञ्जालमा अनावश्यक कुरा गरेर समय खर्च नगर्न आग्रह गर्नुभयो । सामाजिक सञ्जाललाई भ्रम चिर्न र जागरणको लागि हस्तक्षेप गर्न निर्देशन दिनुभयो । सामाजिक सञ्जालमा बेठिकका विरुद्ध र ठिकको पक्षमा सक्रियता र हस्तक्षेप बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।