अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले सामाजिक सद्भाव भड्काउने कार्य गर्नुभयो: महेश बर्तौला

प्रधानमन्त्रीले सामाजिक सद्भाव भड्काउने कार्य गर्नुभयो: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार संविधान र कानून अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको टिप्पणी गर्नुभयो।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानून बमोजिम हिँड्न नसकेको बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘मुख्य कुरा सरकार संविधान र कानून बमोजिम हिँड्न सकेन। सरकारको नालायकीपन हो। सरकारले देशलाई स्थिरतातर्फ, सुशासनतर्फ लाने सामथ्र्य राख्न सकेन। त्यसकारणले गर्दा यो समस्या आएको हो । किनभने सबैतिर अराजकता भयो। स्वच्छन्दता भयो। अनुशासनहिनता भयो। यसको कारण जनताहरुले जहाँ जे गरेपनि हुन्छ भन्ने ठाउँमा पुग्यो। जसको कारणले गर्दा साम्प्रदायिक द्वन्द्वहरू, हिंसाहरू भड्किन थाले। हामीमा जातिय, धार्मिक सद्भाव छ।’

सरकारकै कारण देशमा अराजकता र अनुशासनहिनता बढेको बताउँदै उहाँले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरु भड्किन थालेको जिकिर गर्नुभयो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरुप विभिन्न भड्कावहरु देखिन थालेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री स्वयम् २०८४ सालको निर्वाचनको अहिल्यै भोट माग्दै हिड्नु भएको छ। २०८४ सालमा हामीलाई बहुमत दिनुस्, हामी जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिन्छौँ भन्नुहुन्छ। त्यसको असर अर्को धर्ममा पर्छ। अर्को समुदायमा पर्छ। अर्को क्षेत्रमा पर्छ एवम् रितले आगो विभिन्न हिसाबले सल्किन थाल्यो। भुसको आगो सरह सल्किन थालेको छ। यसले समग्र देशको, हामी मिलेर बसेको समाजलाई नै असहजतातर्फ लान खोजेको चिन्ता व्यक्त गर्ने ठाउँमा हामीलाई पु¥याएको छ। यसको मुख्य कारण सरकार हो।’