अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विचारमा आधारित पार्टी हो: अध्यक्ष ओली

एमाले विचारमा आधारित पार्टी हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले विचारमा आधारित पार्टी भएको र जनताको कुरा सुन्दै अघि बढिरहेको बताउनुभएकाे छ।

आज शुक्रबार नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले एमाले जनआधारित तर कार्यकर्ता पार्टी भएकाले जनताको कुरा सुन्दै अघि बढ्ने बताउनुभएको हो।

जनताका कुरा सुनेर त्यसको आधारमा एमालले नीति बनाउने र त्यसमा एकताबद्ध हुने ओलीले बताउनुभयो । एमाले अनुशासनमा बाँधिएर चल्ने पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले यो समाजलाई अझ सुन्दर बनाउनुपर्छ भनेर हिँडेको पनि प्रष्ट पार्नुभयो। ज्ञान, व्यवहार र आर्थिक अवस्थालाई माथि लैजाने स्पष्ट सोच एमालेको भएको उहाँको भनाइ छ।

सुन्दर समाज निर्माणको अभिभारा बोकेका एमाले कार्यकर्ताको व्यवहार, अनुशासन र आचरण उन्नत हुनु पर्नेमा ओलीले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन। एमालेसँग मात्रै गन्तव्य छ । अरू कुनै पार्टीसँग छैन।’ एमाले नयाँ समाज निर्माणका लागि अघि बढेको कुरा बिर्सन नहुने पनि उहाँले बताउनुभयो ।

यो पनि

द्रव्य शाहको तरिकाका षडयन्त्रहरू सफल हुँदैनन्: अध्यक्ष ओली

एमालेसँग अन्य पार्टीको तुलना गर्न मिल्दैन: अध्यक्ष ओली